अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा आफ्नो स्वास्थ्यका विषयमा बताएका छन्।
यस क्रममा ट्रम्पले डाक्टरले सिफारिस गरेभन्दा बढी एस्पिरिन लिने र हातको निलो दाग लुकाउन मेकअप प्रयोग गर्ने गरेको सुनाएका छन्।
उनले भने, ‘म नियमित रूपमा व्यायाम गर्दिनँ, किनभने मलाई यो बोरिङ लाग्छ।’
अन्तर्वार्तामा ट्रम्पले गत अक्टोबरमा आफूले सिटी स्क्यान गराएको जानकारी पनि गराए।
७९ वर्षीय ट्रम्प अमेरिकाको इतिहासमै सबैभन्दा ज्येष्ठ राष्ट्रपति हुन्। उनमा बुढ्योलीका लक्षण पनि देखिएका छन्।
उनी धेरैपटक बैठकमा निदाएको तथा स्पष्ट रूपमा प्रश्न सुन्न असमर्थ पनि देखिएका छन्।
जर्नलका अनुसार, ट्रम्पले आफ्नो स्वास्थ्यबारे सार्वजनिक बहसमा पनि आक्रोश व्यक्त गरे र आफ्नो अवस्थालाई ठिकठाक भएको जिकिर गरे।
उनले भने, ‘२५औँ पटक स्वास्थ्यबारे फेरि कुरा गरौँ।’
ट्रम्पले ‘अचानक आएको फोन कल’को सुरुमा त्यसो भने।
उनले थपे, ‘मेरो स्वास्थ्य बिलकुल ठिक छ।’
Shares

प्रतिक्रिया