माली र बुर्किना फासोले अमेरिकी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएका छन्।
अमेरिकाले आफ्ना नागरिकलाई यात्रामा प्रतिबन्ध लगाएपछि बदलामा ती देशले पनि अमेरिकी नागरिकलाई आफ्नाे मुलुक आउन बन्देज लगाएका हुन्।
बुर्किना फासोका विदेशमन्त्री कारामोको जिन-मारी ट्राओरले आफ्नो सरकार पारस्परिकताको सिद्धान्तमा काम गरिरहेको बताएका छन्।
यस्तै मालीको विदेश मन्त्रालयले "पारस्परिक सम्मान र सार्वभौम समानता"को लागि आह्वान गरेको छ।
केही दिनअघि छिमेकी नाइजरले पनि अमेरिकाका नागरिकलाई आफ्नो देशमा यात्रा गर्न प्रतिबन्ध लगाइसकेको छ।
तीनै देशमा सैन्य शासन छ।
288
Shares

प्रतिक्रिया