ग्लोबल


कस्तो भयो ट्रम्प र जेलेन्स्कीको फ्लोरिडा वार्ता?

कस्तो भयो ट्रम्प र जेलेन्स्कीको फ्लोरिडा वार्ता?

नेपालखबर
पुस १४, २०८२ सोमबार ८:२०, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश र रुसबीच जारी युद्ध अन्त्यका विषयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आइतबार फ्लोरिडामा भएको वार्तालाई ‘उत्कृष्ट’ र ‘सानदार’ भनेका छन्। 

बीबीसीका अनुसार जेलेन्स्कीले २० बुँदे शान्ति योजनामा ​​९० प्रतिशत सहमति भएको बताएका छन्। 

अर्कातिर ट्रम्पले युक्रेनको सुरक्षा ग्यारेन्टीको विषय लगभग ९५ प्रतिशत टुंगो लगाइएको बताएका छन्।

यद्यपि उनले ‘एक वा दुई धेरै जटिल मुद्दा’ बाँकी रहेको पनि उल्लेख गरेका छन्। उनका अनुसार भूमि मुद्दा सबैभन्दा कठिन छ। 

ट्रम्पले डोनबासमा स्वतन्त्र व्यापार क्षेत्रको सम्झौता अझै नभएको पनि बताएका छन्।

पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले युक्रेनको पुनर्निर्माणमा रुसको कुनै जिम्मेवारी हुनेछ कि छैन भनेर सोधेका थिए।

जवाफमा ट्रम्पले भने, ‘रुसले मद्दत गर्नेछ। ऊ युक्रेन सफल होस् भन्ने चाहन्छ।’

उनले यस विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन धेरै उदार रहेको दाबी गरे। 

उनले भने, यसमा धेरै कम मूल्यमा ऊर्जा, बिजुली र अन्य सामान आपूर्ति"को विषय पनि छ।’

साथै ट्रम्पले यो पनि भने, ‘पुटिन किन युद्धविराममा सहमत भइरहेका छैनन् भने उनी लडाइँ रोकिएपछि फेरि सुरु नहोस् भन्ने चाहन्छन्।’ 

रुस-युक्रेन युद्ध समाप्त हुन कति समय लाग्छ भनेर सोध्दा ट्रम्पले भने, ‘केही हप्तामा समाप्त हुन सक्छ, तर यो नहुने सम्भावना पनि छ।’

उनले केही हप्तामा यो विषय कसरी अगाडि बढ्छ भन्ने कुरा थाहा हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad