ग्लोबल


बंगलादेशमा शेख हसिनाविरोधी अर्का नेतालाई गोली हानियो

बंगलादेशमा शेख हसिनाविरोधी अर्का नेतालाई गोली हानियो

नेपालखबर
पुस ७, २०८२ सोमबार १५:१०, काठमाडौँ

बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरोधी अर्का नेतामाथि आक्रमण भएको छ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का नेता मोहम्मद मोतालेब सिकदरलाई सोमबार दिउँसो खुलनामा रहेको उनको घरभित्रै गोली हानिएको हो।

रिपोर्टअनुसार आक्रमणकारीहरूले मोतालेबको टाउकोमै गोली हानेका थिए, यद्यपि स्थानीयले अस्पताल पुर्‍याएकाले उनको ज्यान बचेको छ। गम्भीर घाइते उनको हाल उपचार भइरहेको छ।

मोतालेब सिकदर एनसीपीको खुलना डिभिजनका प्रमुख थिए। उनीमाथि भएको आक्रमणले उक्त क्षेत्रमा आतंक फैलिएको छ।

एनसीपी विद्यार्थीहरूद्वारा गठित पार्टी हो, जसले गत वर्ष बंगलादेशमा ठूलो आन्दोलन गर्दै शेख हसिनालाई अपदस्थ गराएको थियो। 

केही दिनअघि मात्र विद्यार्थी नेता सरिफ उस्मान हादीको हत्या गरिएको थियो।

उनी गत वर्ष तत्कालीन शेख हसिना सरकारविरुद्ध भएको विद्यार्थी आन्दोलनका प्रमुख नेताहरूमध्ये एक थिए।

बंगलादेशमा आगामी फेब्रुअरी १२ का लागि तोकिएको आम निर्वाचनका लागि एक सम्भावित उम्मेदवार हादी यही डिसेम्बर १२ मा चुनाव प्रचारमा रहेका बेला उनलाई कसैले गोली हानेको थियो। 

गोली लागेर गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि सिंगापुर लगिएकामा डिसेम्बर १५ का दिन उनको निधन भएको थियो। 

उनको मृत्युसँगै बंगलादेशमा फेरि हिंसा भड्किएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad