पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले आफ्नो मुलुकको सेनाले ‘सत्यको लडाइँ’मा जित हासिल गरेको दाबी गरेका छन्।
उनले भारतले कहिले निबिर्सने गरी पाकिस्तानले हराएको जिकिर गरेका हुन्।
बीबीसी उर्दुका अनुसार उनले भने, ‘भारतलाई दिल्लीदेखि मुम्बईसम्म यस्तो हार खुवाइएको छ, जुन उसले कहिल्यै बिर्सने छैन।’
हरिपुरमा एक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सरिफले खैबर पख्तुनख्वाका जनतालाई ‘साहसी र बहादुर’ भनेर प्रशंसा गरे।
उनले अगाडि भने, ‘प्रान्तका जनता दशकौँदेखि आतंकवादीविरुद्ध लडिरहेका छन् र उनीहरूको "बलिदान" ले देशमा शान्ति ल्याएको छ।’
भाषणका क्रममा सरिफले पाकिस्तान ‘दिवालियापन’बाट बच्न सफल भएको र मन्दीबाट मुक्त भएपछि अर्थतन्त्र अहिले स्थिर भइरहेको दाबी पनि गरे।
गत मे ६ र ७ को राति भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा "अपरेसन सिन्दूर" कारबाही गरेको थियो।
त्यस क्रममा भारतीय सेनाले धेरै स्थानमा आतंकवादी शिविर’ ध्वस्त पारिएको दाबी गरेको थियो।
तर यो लडाइँमा दुवै देशले आफूले जितेको दाबी गरिरहेका छन्।
Shares

प्रतिक्रिया