ग्लोबल


मोदीलाई इजयरायलबाट नेतन्याहुको फोन

मोदीलाई इजयरायलबाट नेतन्याहुको फोन

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार ८:४३, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत बुधबार नेतन्याहुसँग फोन संवाद भएको जानकारी दिएका हुन्। 

उनले एक्समा लेखेका छन्, ‘मैले मेरा साथी प्रधानमन्त्री नेतन्याहुसँग कुरा गरेँ। हामीले भारत-इजरायल रणनीतिक साझेदारीमा भएको प्रगतिको समीक्षा गर्‍यौँ र हाम्रो सहयोगलाई अझ बलियो बनाउन सहमत भयौँ। हामीले आतंकवादप्रति शून्य सहनशीलताको हाम्रो साझा प्रतिबद्धता पनि दोहोर्‍यायौँ। भारतले यस क्षेत्रमा दिगो शान्ति प्राप्त गर्ने सबै प्रयासको समर्थन गर्छ।’

पीआईबीले विज्ञप्ति जारी गरी मोदी र नेतन्याहुले गाजा शान्ति योजनाको प्रारम्भिक कार्यान्वयनबारे पनि छलफल गरेको जानकारी दिएको छ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले एक्समा लेखेको छ, ‘दुई नेताबीच आत्मीय कुराकानी भयो र चाँडै भेट्न सहमत भए।’

समाचार एजेन्सी पीटीआईका अनुसार, भरपर्दो इजरायली स्रोतले दिल्ली बम विस्फोटपछि सुरक्षा चिन्ताका कारण नेतन्याहुले भारतको भ्रमण स्थगन गरेको भन्ने हालैको हल्ला खारेज गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad