ग्लोबल


कम्बोडियासँग झडपबीच थाइल्यान्डका प्रधानमन्त्रीको यस्तो चेतावनी

कम्बोडियासँग झडपबीच थाइल्यान्डका प्रधानमन्त्रीको यस्तो चेतावनी

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १८:१७, काठमाडौँ

कम्बोडियासँग झडपका बीच थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले सोमबार देश र जनताको रक्षाका लागि सबै उपाय अपनाउने बताएका छन्।

सोमबार दिउँसो विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, 'थाइल्यान्ड अन्तर्राष्ट्रिय कानुन र आत्मरक्षाको अधिकारअन्तर्गत राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्न पूर्ण रूपमा प्रतिबद्ध छ।'

अनुतिनले आफ्नो देशले आक्रमण सुरु नगरेको दाबी पनि गरेका छन्।

विज्ञप्तिमा थाई प्रधानमन्त्रीले भनेका छन्, 'थाल्यान्डले आफ्नो सार्वभौमिकताको कुनै पनि उल्लङ्घन सहन गर्दैन। सरकार राष्ट्रिय सुरक्षा र आफ्ना जनताको सुरक्षाको रक्षा गर्न सबै आवश्यक उपाय अपनाउन तयार छ।'

थाइल्यान्ड सरकारले सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूलाई अस्थायी आश्रयमा सर्न बाध्य पारिएको उल्लेख गर्दै सबै एजेन्सीलाई उनीहरूको स्वास्थ्य र सुरक्षामा पूर्ण ध्यान दिन निर्देशन दिएको छ।

दुवै देशले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्। कम्बोडियाले आक्रमण थाइल्यान्डले सुरु गरेको दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad