ग्लोबल


मोदीसँग भेटवार्ता गर्न पुटिन भारत आउँदै गर्दा सी भेट्न चीन पुगे म्याक्रोन

मोदीसँग भेटवार्ता गर्न पुटिन भारत आउँदै गर्दा सी भेट्न चीन पुगे म्याक्रोन

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन तीन दिनका लागि चीन भ्रमणमा छन्।


नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १०:८, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार भारत आइपुग्दै गर्दा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन भने चीन पुगेका छन्। 

उनले चीनमा राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन्। 

भेटमा उनले युक्रेनमा युद्धविरामको मध्यस्थता गर्न चीनको सहयोग खोज्ने र व्यापार सम्बन्धबारे छलफल गर्ने सम्भावना छ।

समाचार एजेन्सी एएफपीका अनुसार म्याक्रोन र उनकी श्रीमती ब्रिगेटलाई ग्रेट हल अफ द पिपुलमा सी र उनकी श्रीमती पेङ लियुआनले स्वागत गरे।

सन् २०१७ मा पदभार ग्रहण गरेपछि म्याक्रोनले यो चौथोपटक चीन भ्रमण गरेका हुन्। 

उनले चीनका प्रधानमन्त्री ली केकियाङसँग पनि भेट गर्ने कार्यक्रम छ।

म्याक्रोनले युक्रेनमा युद्धविरामको मध्यस्थता गर्न चीनलाई भूमिका खेल्न दबाब दिइरहेका छन्।

यसै हप्ता फ्रान्सका विदेशमन्त्री जीन-नोएल बुगोले भनेका छन्, ‘हामीजस्तै सुरक्षा परिषद्को स्थायी सदस्य चीनले रुस र विशेष गरी भ्लादिमिर पुटिनलाई युद्धविराममा सहमत गराउन दबाब दिने अपेक्षा गरेका छौँ।’

शान्ति वार्ता र सबै देशको क्षेत्रीय अखण्डताको सम्मानको वकालत गर्ने चीनले २०२२ मा रुसले युक्रेनमा गरेको आक्रमणको भने आलोचना गरेको छैन।

पश्चिमी देशहरूले चीनले रुसलाई युद्धका लागि आर्थिक सहयोग र महत्त्वपूर्ण सैन्य उपकरण प्रदान गरिरहेको आरोप लगाएका छन्।

फ्रान्सको राष्ट्रपति कार्यालयले म्याक्रोनले सीलाई चीनले युद्धलाई निरन्तरता दिन सक्ने कुनै पनि प्रकारको सहयोग प्रदान नगर्न पनि आग्रह गर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad