‘मृत्यु’को हल्लाबीच पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई उनकी बहिनी उज्मा खानले मंगलबार रावलपिन्डीस्थित अदियाला जेलमा पुगेर भेटेकी छन्।
इमरानलाई भेटेर निस्केपछि उज्माले आफ्ना दाइ इमरान पूर्ण रूपमा ठिक रहेको बताइन्। उनीहरूबीच झन्डै २० मिनेट भेटघाट भएको थियो।
उज्माले भनिन्, ‘इमरान खान पूर्ण स्वस्थ छन्। उनलाई मानसिक यातना दिइँदै छ, यो सबै लागि असिम मुनिर जिम्मेवार छन्।’
उनले आफ्ना दुई बहिनी अलिमा खान र नौरिन खानसँग कुरा गरेपछि थप जानकारी दिने बताइन्।
— Aditya Raj Kaul (@AdityaRajKaul) December 2, 2025#BREAKING: Imran Khan says he is being tortured inside Adiala Jail prison on instructions of Pakistan Army Chief Asim Munir. Imran Khan in solitary confinement in Pakistani prison with no access to outside world. Imran Khan sisters speak to media after meeting him. pic.twitter.com/mGosf6Fubs
इमरान खानले २७ दिनपछि परिवारका सदस्यसँग भेट्न पाएका हुन्।
यसअघि उनले नोभेम्बर ५ मा आफ्नी बहिनी नौरीन खानसँग भेटेका थिए।
अघिल्लो मंगलबार उनलाई भेट्न भनेर समर्थक र परिवारका सदस्य जेलमा पुग्दा जेल प्रशासनले अनुमति दिएको थिएन।
यसपछि इमरान खानको मृत्यु भइसकेको हल्ला फैलिएको थियो।
त्यसैको विरोधमा आज पाकिस्तानभरि ठूलो प्रदर्शन गरिएको थियो। जसले गर्दा रावलपिन्डीदेखि इस्लामावादसम्म उच्च सतर्कता अपनाइएको छ।
Shares

प्रतिक्रिया