ग्लोबल


इमरान खानको पार्टीले विरोध प्रदर्शन गर्न लागेपछि इस्लामाबाद र रावलपिन्डीमा धारा १४४ लागु

इमरान खानको पार्टीले विरोध प्रदर्शन गर्न लागेपछि इस्लामाबाद र रावलपिन्डीमा धारा १४४ लागु

इमरान खान (फाइल फोटो)


नेपालखबर
मंसिर १६, २०८२ मंगलबार ८:१४, काठमाडौँ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) ले विरोध प्रदर्शन गर्नुअघि इस्लामाबाद र रावलपिन्डीमा धारा १४४ लागु गरिएको छ।

दुवै सहरका प्रशासनले धारा १४४ ले कुनै पनि प्रकारको विरोध वा भेलालाई निषेध गरेको बताएका छन्।

बीबीसी उर्दुका अनुसार, पीटीआईका सबै सांसदहरूले आज मंगलबार इस्लामाबाद उच्च अदालत र अदियाला जेलबाहिर शान्तिपूर्ण विरोध प्रदर्शन गर्न आह्वान गरेका छन्। 

खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले आइतबारै आजका लागि विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए। त्यस क्रममा उनले विरोध प्रदर्शनमा विधानसभा सदस्यहरूले मात्र भाग लिने र कुनै कार्यकर्ता संलग्न नहुने बताएका थिए। 

सोहेल अफ्रिदीका अनुसार, इस्लामाबाद उच्च अदालतबाहिर विरोध प्रदर्शनको उद्देश्य इमरान खान र उनकी श्रीमती बुसरा बिबीविरुद्ध दायर गरिएका मुद्दाको द्रुत सुनुवाइका लागि दबाब दिनु हो।

पूर्वप्रधानमन्त्री इमरान खान दुई वर्षभन्दा बढी समयदेखि रावलपिन्डीको अदियाला जेलमा छन्। 

उनलाई अदालतले १९ करोड पाउन्ड (झन्डै २ हजार करोड रुपैयाँ) को भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad