अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य फेरि एकपटक सामान्य भएको रिपोर्ट गरिएको छ।
ह्वाइट हाउसका चिकित्सक क्याप्टेन सिन बार्बाबेलाले सोमबार विज्ञप्ति जारी गरी ७९ वर्षीय ट्रम्पको मुटु र पेटको एमआरआई ‘पूर्ण रूपमा सामान्य’ भएको बताएका हुन्।
डाक्टरका अनुसार, ट्रम्पले अक्टोबरमा आफ्नो नियमित मेडिकल जाँचका क्रममा यो एमआरआई गराएका थिए, किनकि यस उमेरका पुरुषले मुटु र पेटको स्वास्थ्य जाँच गर्नु लाभदायक मानिन्छ।
केही डेमोक्र्याटिक नेताहरूले ट्रम्पको उमेरका कारण दोस्रो कार्यकालमा उनको स्वास्थ्यमा प्रश्न उठाउँदै स्क्यान विवरण सार्वजनिक गर्न माग गरिरहेका बेला उक्त रिपोर्ट आएको हो।
विज्ञप्तिमा डाक्टर बार्बाबेलाले ट्रम्पको धमनीमा रक्त प्रवाह साँघुरो वा अवरोधको कुनै प्रमाण फेला नपरेको उल्लेख गरेका छन्। उनको मुटु वा प्रमुख रक्तनलीमा कुनै असामान्य नभएको उनको भनाइ छ।
उनले समग्रमा ट्रम्पको हृदयसम्बन्धी प्रणाली ‘अत्यन्त स्वस्थ’ देखिएको दाबी गरेका छन्।
Shares

प्रतिक्रिया