फिनल्यान्डले पाकिस्तान, अफगानिस्तान र म्यानमारमा रहेका आफ्ना दूतावास बन्द गर्ने भएको छ।
फिनल्यान्डको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै योजनाअनुसार २०२६ सम्ममा ती देशमा रहेका आफ्ना दूतावास बन्द गरिने जानकारी दिएको हो।
मन्त्रालयका अनुसार, यो निर्णय रणनीतिक समीक्षापछि गरिएको हो। फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टबले जारी गरेको आदेशपछि दूतावासहरू बन्द गर्ने निर्णय गरिएको हो।
विदेश मन्त्रालयका अनुसार, ती देशहरूको राजनीतिक अवस्थामा आएको परिवर्तन र फिनल्यान्डसँगको सीमित व्यावसायिक र आर्थिक सम्बन्धलगायत कारण त्यहाँका दूतावास बन्द गरिने भएको हो।
यसैबीच फिनल्यान्डले अमेरिकामा आफ्नो उपस्थिति विस्तार गर्न ह्युस्टनमा आफ्नो महावाणिज्य दूतावास पनि खोल्दै छ।
141
Shares

प्रतिक्रिया