ग्लोबल


युक्रेनको राजधानीमा रुसको आक्रमण, ३ जनाको मृत्यु, ६ लाख मानिस बिजुलीविहीन

युक्रेनको राजधानीमा रुसको आक्रमण, ३ जनाको मृत्यु, ६ लाख मानिस बिजुलीविहीन

नेपालखबर
मंसिर १४, २०८२ आइतबार ५:२७, काठमाडौँ

रुसले आक्रमण गर्दा युक्रेनको राजधानी किएभमा ६ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका छन्।

बीबीसीका अनुसार रुसले शुक्रबार राति युक्रेनमा ठूलो आक्रमण गरेको हो।

युक्रेनको ऊर्जा मन्त्रालयले बताएअनुसार बिजुलीविहीन भएकामध्ये ५ लाखभन्दा बढी मानिस किएभका हुन् भने बाँकी वरपरका हुन्। 

मन्त्रालयका अनुसार, सहर र अन्य धेरै क्षेत्रमा रहेको ऊर्जा पूर्वाधारमा क्षेप्यास्त्र र ड्रोनले आक्रमण गर्दा विद्युत आपूर्ति अवरुद्ध भएको हो। 

अधिकारीहरूले  शुक्रबार राति युक्रेनमा लगभग ३६ क्षेप्यास्त्र र ६०० ड्रोन प्रहार गरिएको जानकारी दिएका छन्, जसमा परी तीन जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।

शान्ति सम्झौतामा मध्यस्थता गर्ने अमेरिकाको प्रयासका बाबजुद रुसले युक्रेनमा आक्रमण तीव्र पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad