जर्मनीले युक्रेनमा युद्ध अन्त्य गर्न रुस इच्छुक नरहेको आरोप लगाएको छ।
बुधबार जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले संसदमा रुसले युक्रेनका लागि नयाँ शान्ति योजनाप्रति सकारात्मक प्रतिक्रिया नदिएको बताएका हुन्।
उनले भने, 'रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइले शान्तिको कुनै चाहना देखाउँदैन।'
उनलेे थपे, पुटिनको प्रतिक्रियाले स्पष्ट रूपमा देखाउँछ कि उनी कुनै पनि सम्झौता गर्न चाहँदैनन्।'
यस कारणले गर्दा जर्मनीले आफ्नो रक्षा बजेट र युक्रेनलाई सैन्य सहायता पनि बढाउने बताए।
66
Shares

प्रतिक्रिया