आज (बिहीबार) भारतको बिहार प्रदेशमा नयाँ सरकार गठन गरिएको छ।
नितिश कुमारले बिहारको मुख्यमन्त्रीका रूपमा दसौँपटक शपथ खाएका छन्।
उनको शपथलगत्तै अन्य २६ मन्त्रीले पनि पदको शपथ खाएका छन्।
भाजपाका सम्राट चौधरी र विजय कुमार सिन्हाले पनि उहाँसँगै मन्त्रीको रूपमा शपथ लिए। दुवै जना अघिल्लो सरकारमा उपमुख्यमन्त्री थिए।
भारतीय जनता पार्टी (भाजपा) का सम्राट चौधरी र विजय कुमार सिन्हाका साथै विजयकुमार चौधरी, मंगल पाण्डे, श्रवण कुमार र लेसी सिंहसहित २६ जनाले मन्त्री पदको शपथ खाएका हुन्।
२६ मन्त्रीमा तीन महिला र एक मुस्लिम विधायक छन्।
महिला मन्त्रीमा लेसी सिंह जनता दल (संयुक्त) की विधायक हुन् भने रमा निषाद र श्रेयसी सिंह भाजपाका।
एक मात्र मुस्लिम मन्त्री मोहम्मद जमा खान जनता दल (संयुक्त) का विधायक हुन्। उनी चैनपुर विधानसभा सिटमा विजयी भएका हुन्।
बिहार मन्त्रिपरिषद्
मुख्यमन्त्री: नितिश कुमार (जनता दल युनाइटेड- जेडीयू)
२६ मन्त्रीको सूची
भाजपा
सम्राट चौधरी
विजय कुमार सिन्हा
दिलीप जैसवाल
मंगल पाण्डे
रामकृपाल यादव
नितिन नवीन
सञ्जय सिंह टाइगर
अरुण शंकर प्रसाद
सुरेन्द्र मेहता
नारायण प्रसाद
रमा निषाद
लखेन्द्र सिंह रोशन
श्रेयसी सिंह
प्रमोद कुमार
जनता दल युनाइटेड
विजयकुमार चौधरी
बिजेन्द्र प्रसाद यादव
श्रवण कुमार
अशोक चौधरी
लेशी सिंह
मदन साहनी
सुनिल कुमार
मोहम्मद जमा खान
लोक जनशक्ति पार्टी (रामविलास)
सञ्जय कुमार
सञ्जय कुमार सिंह
हिन्दुस्तानी अवाम मोर्चा
सन्तोष सुमन (जितनराम माझीका छोरा)
राष्ट्रिय लोक मोर्चा
दीपक प्रकाश (उपेन्द्र कुशवाहाका छोरा)
गत हप्ता सम्पन्न बिहार विधानसभा चुनावमा दुईतिहाइ बहुमतका साथ एनडीए सत्तामा फर्किएको हो।
एनडीएले बिहारका विधानसभाका २४३ सिटमध्ये २०२ सिट जित्यो।
जसमा यसका घटकहरू भाजपाले ८९, जेडीयूले ८५, एलजेपी (आरभी) ले १९, हिन्दुस्तानी अवाम मोर्चाले ५ र आरएलएमले ४ सिट जिते।
यस्तो छ नितिश कुमारको दसौँपटकसम्म मुख्यमन्त्री यात्रा

सन् २००० - केवल ७ दिनका लागि पहिलो मुख्यमन्त्री
सन् २००५ - दोस्रोपटक सत्तामा फर्किए
सन् २०१० - तेस्रो शपथ ग्रहण
सन् २०१५ (फेब्रुअरी) - जितन राम माझीको राजीनामापछि चौथोपटक
सन् २०१५ (नोभेम्बर) - महागठबन्धन सरकारको मुख्यमन्त्री बने
सन् २०१७ - महागठबन्धन टुटेपछि फेरि एनडीएमा फर्किंदै छैटौँपटक मुख्यमन्त्री
सन् २०२० - सातौँपटक शपथ ग्रहण
सन् २०२२ - फेरि महागठबन्धनसँग सरकार गठन र आठौँ पटक मुख्यमन्त्री
सन् २०२४ - नवौँपटक एनडीएमा फर्किए र मुख्यमन्त्री बने
अहिले सन् २०२५ - एनडीएबाटै १०औँ पटक मुख्यमन्त्री (भारतीय सञ्चारमाध्यमहरूको सहयोगमा)।
Shares

प्रतिक्रिया