ग्लोबल


ट्रम्पको अडान एकाएक परिवर्तन, भने: रुस 'कागजी बाघ' हो, युक्रेनले गुमेको भूमि फिर्ता लिन सक्छ

ट्रम्पको अडान एकाएक परिवर्तन, भने: रुस 'कागजी बाघ' हो, युक्रेनले गुमेको भूमि फिर्ता लिन सक्छ

नेपालखबर
असोज ८, २०८२ बुधबार ८:१६, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ‘कागजी बाघ’को संज्ञा दिएका छन्। साथै उनले युक्रेनले युद्धमा ‘गुमाएको भूमि फिर्ता लिन सक्ने’ चेतावनीसमेत बताएका छन्। 

ट्रम्पको यो अभिव्यक्तिलाई रुस-युक्रेन द्वन्द्वमा उनको अडानमा ठूलो परिवर्तन मानिएको छ। 

सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘युरोप र नेटोको समर्थन र रुसको अर्थतन्त्रमा बढ्दो दबाबका साथ युक्रेनले यो युद्ध सुरु भएको ठाउँबाट आफ्नो मूल सिमाना फिर्ता प्राप्त गर्न सक्छ।’

यस क्रममा उनले "युक्रेन र रुसको सैन्य र आर्थिक अवस्थालाई पूर्ण रूपमा जानीबुझी सकेपछि" आफ्नो विचार परिवर्तन भएको पनि उल्लेख गरेका छन्। 

उनले रुसलाई ‘कागजी बाघ’को संज्ञा दिँदै अगाडि भनेका छन्, ‘पुटिन र रुस ठूलो आर्थिक समस्यामा छन् र युक्रेनले कारबाही गर्ने समय आएको छ।’

ट्रम्पले उक्त टिप्पणी मंगलबार न्युयोर्कमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको भेटपछि गरेका हुन्।

यसअघि भने ट्रम्पले युद्धविराम गर्न वा सम्झौतामा पुग्न युक्रेनले आफ्नो केही भूभाग त्याग्नुपर्ने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad