पाकिस्तानको संसद्को तल्लो सदन राष्ट्रिय सभाका पूर्वसदस्य जमसेद दस्तीलाई नक्कली डिग्री मुद्दामा सात वर्षको जेल सजाय सुनाइएको छ।
मुजफ्फरगढबाट निर्वाचित पूर्वसांसद दस्तीलाई चुनाव लड्न नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको मुद्दामा मुल्तानको एक स्थानीय अदालतले ७ वर्षको कैद हुने फैसला गरेको हो।
निर्वाचन आयोगको अनुरोधमा सबै प्रमाण र तर्क सुनेपछि अदालतले उनलाई दोषी ठहर गरेको हो। उनीविरुद्धको यो मुद्दा धेरै वर्षदेखि विचाराधीन थियो।
पूर्वसांसद दस्तीले भने फैसलालाई विपक्षीको राजनीतिक प्रतिशोध भनेका छन्।
81
Shares

प्रतिक्रिया