ग्लोबल


बलात्कार आरोपमा भारतीय कंग्रेस, विद्यार्थी संगठनका ओडिसा अध्यक्ष पक्राउ

बलात्कार आरोपमा भारतीय कंग्रेस, विद्यार्थी संगठनका ओडिसा अध्यक्ष पक्राउ

फाइल तस्बिर: एनएसयूआईका ओडिसा प्रदेश अध्यक्ष उदित प्रधान


नेपालखबर
साउन ५, २०८२ सोमबार १६:२९, काठमाडौँ

भारतीय कंग्रेसको विद्यार्थी संगठन नेसनल स्टुडेन्ट्स युनियन आफ इन्डिया (एनएसयूआई) का ओडिसा प्रदेश अध्यक्ष उदित प्रधानलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार १९ वर्षीया छात्राले दिएको जाहेरीका आधारमा प्रधानलाई ओडिसा प्रहरीले आइतबार गिरफ्तार गरेको हो। 

लगत्तै कंग्रेसले प्रधानलाई पार्टीबाट निष्कासन गर्दै सबै पदबाट बर्खास्त गरेको छ। 

छात्राले उनीविरुद्ध आइतबारै मञ्चेश्वर प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन्। 

जाहेरीमा पीडितले उदित प्रधानले मार्च १८ मा आफूलाई खाना खान बोलाई चिसो पेय पदार्थमा नशालु चिज मिसाई खुवाएर बलात्कार गरेको आरोप लगाएकी छन्।

ओडिसा प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको बताएको छ। यसका लागि मेडिकल रिपोर्ट र अन्य प्रमाण जाँच भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad