ad ad

ग्लोबल


तेस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक आज वाराणसी जाँदै मोदी

किसानलाई रकम बाँड्ने कार्यक्रम
तेस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक आज वाराणसी जाँदै मोदी

नेपालखबर
असार ४, २०८१ मंगलबार ९:२७, काठमाडौँ

लगातार तेस्रोपटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलोपटक आज (मंगलबार) आफ्नो निर्वाचन क्षेत्र वाराणसी जाँदै छन्।

यस क्रममा उनले वाराणसीमा प्रधानमन्त्री–किसान योजनाको १७औँ किस्ता किसानलाई वितरण गर्ने बताइएको छ।

बीबीसी हिन्दीका अनुसार यस किस्ताअन्तर्गत ९ करोडभन्दा बढी जना किसानलाई २० हजार करोड रुपैयाँ दिइनेछ।

प्रधानमन्त्री मोदी अपराह्न ४ बजे बाटपुरस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन्। त्यसपछि उनी साँझ ५ बजे प्रधानमन्त्री किसान सम्मान सम्मेलनमा सहभागी हुनेछन्।

त्यसपछि मोदीले वाराणसीको दशाश्वमेध घाटमा गंगा आरती हेर्नेछन् र काशी विश्वनाथ मन्दिरको दर्शन गर्नेछन्।

मोदी तेस्रोपटक वाराणसीबाट सांसद निर्वाचित भएका हुन्। तर जुन ४ को चुनावी नतिजामा उनको जितको मतान्तर १ लाख ५० हजार मात्र थियो। यो कुनै पनि प्रधानमन्त्रीको जितको सबैभन्दा कम अन्तर हो। कांग्रेस प्रदेश अध्यक्ष अजय राई दोस्रो स्थानमा थिए।  

केही दिनअघि भारतीय कंग्रेस नेता राहुलले एक जनसभामा प्रियंका गान्धीले वाराणसीबाट चुनाव लडेको भए प्रधानमन्त्री मोदीले चुनाव हार्ने दाबी गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .