ad ad

ग्लोबल


आज विशेष अदालतमा हाजिर हुँदै राहुल गान्धी

आज विशेष अदालतमा हाजिर हुँदै राहुल गान्धी

फाइल तस्बिर


नेपालखबर
जेठ २५, २०८१ शुक्रबार ६:२७, काठमाडौँ

कर्नाटक भाजपा मानहानि मुद्दामा नवनिर्वाचित सांसदसमेत रहेका भारतीय कंग्रेस नेता राहुल गान्धी आज (शुक्रबार) विशेष अदालतमा हाजिर हुँदै छन्। 

राहुलविरुद्ध अखबारमा अपमानजनक विज्ञापन जारी गरेको आरोप छ। 

गत वर्ष राज्यको चुनावअघि दिइएको एउटा विज्ञापनमा राज्यको तत्कालीन भाजपा सरकारलाई २०१९/२०२३ मा ठूलो मात्रामा भ्रष्टाचार गरेको आरोप लगाइएको थियो।

पछिल्लो घटनाका अनुसार गत वर्ष कर्नाटकमा विधानसभा चुनाव भएको थियो। यस क्रममा कांग्रेसले तत्कालीन भाजपा सरकारले २०१९-२०२३ सम्म आफ्नो शासनकालमा ठूलो मात्रामा भ्रष्टाचार गरेको आरोप लगाएको थियो।

त्यसपछि कर्नाटक भाजपाले कांग्रेस नेता राहुल गान्धी, मुख्यमन्त्री सिद्धरामैया र उपमुख्यमन्त्री डीके शिवकुमारविरुद्ध मानहानीको मुद्दा दायर गरेको थियो। कांग्रेसका यी नेताहरूले तत्कालीन मुख्यमन्त्री बसवराज बोम्मईलगायत भाजपाका नेताहरू विरुद्ध प्रमुख पत्रिकाहरूमा झुटा विज्ञापन दिएको आरोप छ।

सबै सार्वजनिक काममा ४० प्रतिशत कमिशन लिइएको आरोप लगाउँदै कांग्रेसले ‘भ्रष्टाचार दर कार्ड’ पनि सार्वजनिक गरेको थियो। यसै क्रममा राहुल गान्धीले आफ्नो सोसल मिडिया अकाउन्ट एक्समा अपमानजनक विज्ञापन पनि पोस्ट गरेका थिए। 

सो मुद्दामा विशेष अदालतले जुन १ मा सिद्धरामैया र शिवकुमारलाई जमानत दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .