भारतीय लोकसभा चुनावको मतगणनाको प्रारम्भिक रुझान सार्वजनिक भएको छ।
डेटनेटका अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडीए २५७ सिटमा अगाडि छ भने विपक्षी कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन १६५ सिटमा अगाडि छ। अन्य ३४ सिटमा अगाडि छन्।
भारतको १८औँ लोकसभा चुनाव सात चरणमा भएको थियो। लोकसभा चुनावको पहिलो चरणको मतदान अप्रिल १९ मा भएको थियो भने अन्तिम चरणको मतदान जुन १ मा भएको थियो।
आज ५४३ सिटमध्ये ५४२ सिटमा मतगणना भइरहेको हो।
सुरत लोकसभा सिटमा भने भाजपा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।
399
Shares
प्रतिक्रिया