ad ad

ग्लोबल


जेल जानुअघि भावुक हुँदै केजरीवालले भने- थाहा छैन, अब म कहिले फर्कन्छु!

जेल जानुअघि भावुक हुँदै केजरीवालले भने- थाहा छैन, अब म कहिले फर्कन्छु!

फाइल फाेटाे


नेपालखबर
जेठ २०, २०८१ आइतबार २१:५९, काठमाडौँ

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार (जुन २) साँझ ५ बजे तिहाड जेलमा आत्मसमर्पण गरेका छन्। 

२१ दिनको अन्तरिम जमानत (धरौटी) को म्याद सकिएपछि आम आदमी पार्टीका संयोजकसमेत रहेका केजरीवाल जेल फर्केका हुन्।

यसअघि उनले आम आदमी पार्टी (आप) को कार्यालयमा गएर कार्यकर्तालाई भेटेका थिए। 

त्यस क्रममा भावुक हुँदै उनले भने, ‘देश बचाउन जेल जाँदै छु। थाहा छैन अब म कहिले फर्कन्छु। अनि थाहा छैन मलाई त्यहाँ के के हुनेछ?’

दिल्ली अन्तःशुल्क मुद्दामा जेल सजाय काटिरहेका केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा जमानत दिएको थियो।

अदालतले निर्वाचन प्रक्रियामा सहभागी हुन केही दिन धरौटीमा रिहा हुने भएकाले मतदान सकिएपछि आत्मसमर्पण गर्नुपर्ने बताएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .