हुन्डाईका गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले नेपालमै बनेको हुन्डाईको टेस्ट ड्राइभ कार्यक्रम गरेको छ।
रामग्राम परासीमा गत वैशाख २९ मा हुन्डाई मोटर एसेम्बली प्लान्टमा टेस्ट ड्राइभ सम्पन्न गरेको कम्पनीले जनाएको छ।
सो कार्यक्रममा ६५ भन्दा बढी सञ्चारकर्मीको उपस्थिति थियो। कम्पनीले सञ्चारकर्मीहरुलाई प्लान्टको भ्रमण गराई प्राविधिकहरुमार्फत एसेम्बली प्रक्रियाबारे जानकारी गराएको थियो।
परासीको प्लान्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि गरेका थिए।
भिडिओ
201
Shares
प्रतिक्रिया