ad ad

ग्लोबल


भारतीय निर्वाचन: आज यी १०२ सिटका लागि भइरहेको छ मतदान

भारतीय निर्वाचन: आज यी १०२ सिटका लागि भइरहेको छ मतदान

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार ८:५९, काठमाडौँ

भारतको १८औँ लोकसभाका लागि आज पहिलो चरणको मतदान भइरहेको छ। 

पहिलो चरणअन्तर्गत आज २१ राज्यको १०२ सिटमा मतदान भइरहेको हो। 

मतदानका लागि शुक्रबार बिहान लामबद्ध मतदाता

पहिलो चरणमा यी सिटमा मतदान भइरहेको छः 
उत्तर प्रदेशका ८ सिट– सहारनपुर, कैराना, मुजफ्फरनगर, बिजनौर, नगिना, मुरादाबाद, रामपुर र पिलिभित।

पश्चिम बंगालका ३ सिट– कुचबिहार, अलिपुरद्वार र जलपाइगुडी।

बिहारको ४ सिट– औरंगाबाद, गया, नवादा र जमुई।

जम्मु-कश्मिरको १ सिट– उधमपुर

महाराष्ट्रका ५ सिट– रामटेक, नागपुर, भंडारा–गोन्दिया, गढचिरोली-चिमुर र चन्द्रपुर

मध्य प्रदेशका ६ सिट– सिधी, शहडोल, जबलपुर, मण्डला, बालाघाट र छिन्दवाडा

असमका ५ सिट– काजिरंगा, सोनितपुर, लखिमपुर, डिब्रुगढ र जोरहाट

छत्तीसगढको १ सिट– बस्तर

राजस्थान १२ सिट– गंगानगर, बिकानेर, चुरु, झुन्झुनु, सिकर, जयपुर ग्रामीण, जयपुर, अलवर, भरतपुर, करौली–ढोलपुर, दौसा र नागौर।

त्रिपुरा १ सिट– त्रिपुरा

पश्चिम मणिपुर १ सिट– भित्री मणिपुर

तमिलनाडुका ३९ सिट– तिरुवल्लुर, चेन्नई उत्तर, चेन्नई दक्षिण, चेन्नई सेन्ट्रल, श्रीपेरुम्बदुर, कान्चीपुरम, अरक्कोनम, वेल्लोर, कृष्णगिरी, धर्मपुरी, तिरुवन्नमलाई, अरानी, ​​विल्लुपुरम, कालाकुरुची, सलेम, नमक्कल, इरोड, तिरुपुर, निलबगिरी, कोलिम्बिरिस पोल्लाची, डिन्डिगुल, करुर, तिरुचिरापल्ली, पेराम्बलुर, कुड्डालोर, चिदम्बरम, माइलादुथुराई, नागपट्टिनम, तन्जावुर, शिवगंगाई, मदुरै, थेनी, विरुधुनगर, रामनाथपुरम, थुथुकुडी, तेनकासी, कान्युमरी।

उत्तराखण्डका ५ सिट– टिहरी गढवाल, गढवाल, अल्मोरा, नैनीताल-उधम सिंह नगर र हरिद्वार

अरुणाचल प्रदेशका २ सिट– अरुणाचल पूर्व र अरुणाचल पश्चिम

अण्डमान निकोबार टापुहरूको १ सिट– अण्डमान निकोबार टापुहरू

लक्षद्वीपको १ सिट– लक्षद्वीप

मेघालयका २ सिट– शिलोङ र तुरा

मिजोरम १ सिट– मिजोरम

नागाल्यान्ड १ सिट– नागाल्यान्ड 

पुडुचेरी १ सिट– पुडुचेरी

सिक्किम १ सिट– सिक्किम

भारतको यो लोकसभाका लागि मतदान ७ चरणमा हुनेछ। अन्तिम चरणको मतदान जुन १ मा हुनेछ। लोकसभा चुनावको नतिजा ४ जुनमा घोषणा हुनेछ।

९६ करोड मतदाता रहेको भारतको उक्त चुनावलाई विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक निर्वाचन मानिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .