ad ad

ग्लोबल


फेरि राष्ट्रपति बन्न खोजिरहेका ट्रम्पलाई माइन राज्यको झड्का

फेरि राष्ट्रपति बन्न खोजिरहेका ट्रम्पलाई माइन राज्यको झड्का

नेपालखबर
पुस १३, २०८० शुक्रबार ८:५१, काठमाडौँ

अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकाको उत्तरपूर्वी राज्य माइनका शीर्ष निर्वाचन अधिकारीले झड्का दिएका छन्।

बीबीसीका अनुसार २०२१ को क्यापिटल हिल दंगामा ट्रम्पको भूमिकाका कारण ‘संवैधानिक विद्रोह’को प्रावधानलाई उद्धृत गर्दै मेन स्टेट सेक्रेटरी अफ स्टेट शेना ली बेलोजले ट्रम्पले २०२४ को राष्ट्रपतिको चुनावमा दौडिन नसक्ने फैसला गरेका हुन्। 

यस निर्णयका कारण ट्रम्प रिपब्लिकन पार्टीको राष्ट्रपति पदका उम्मेदवार बन्न माइन राज्यमा हुने प्राथमिक निर्वाचनमा सहभागी हुन पाउने छैनन्।

यसरी उनलाई राष्ट्रपतिको चुनावमा भाग लिन प्रतिबन्ध लगाउने कोलोराडोपछि माइन दोस्रो अमेरिकी राज्य बनेको छ।

तर, यी दुई राज्यको निर्णयलाई अदालतमा चुनौती दिने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .