ad ad

ग्लोबल


भारतका यी ठूला उद्योगपतिले अभिनेत्रीलाई बलात्कार गरेको अभियोग, दर्ता गरियो मुद्दा

भारतका यी ठूला उद्योगपतिले अभिनेत्रीलाई बलात्कार गरेको अभियोग, दर्ता गरियो मुद्दा

नेपालखबर
पुस १, २०८० आइतबार २०:१४, काठमाडौँ

अदालतको आदेशमा मुम्बई प्रहरीले एक ठूला उद्योगपतिविरुद्ध बलात्कार मुद्दा दर्ता गरेको छ। अभिनेत्रीको उजुरीका आधारमा यो मुद्दा दर्ता गरिएको हो।

एफआईआरका अनुसार जेएसडब्ल्यू समूहका प्रबन्ध निर्देशक र अध्यक्ष सज्जन जिन्दलविरुद्ध ३० वर्षीया महिला (अभिनेत्री- नाम गोप्य) लाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो। 

बम्बई उच्च न्यायालयको आदेशमा यो एफआईआर बीकेसी (बान्द्रा कुर्ला कम्प्लेक्स) पुलिस स्टेसनमा १३ डिसेम्बरमा दर्ता गरिएको बीबीसी हिन्दीले जनाएको छ। 

जिन्दलविरुद्ध भारतीय दण्ड संहिताको धारा ३७६ (बलात्कार), ३५४ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरिएको हो। 

यस विषयमा आरोपित सज्जन जिन्दलबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन, न उनको कम्पनीले नै कुनै बयान जारी गरेको छ।

उजुरीकर्ताका अनुसार २०२२ जनवरीमा कम्पनीको मुख्यालयभन्दा माथि बनेको पेन्टहाउसमा बलात्कार भएको थियो।

पीडित महिलाले यसअघि पनि बीकेसी प्रहरी चौकीमा उजुरी दिएकी थिइन् तर उनको आरोपलाई गम्भीरतापूर्वक लिइएन।

त्यसपछि महिलाले एफआईआर दर्ता गर्न अदालतको सहारा लिएकी हुन्। अहिले अदालतको आदेशमा यो मुद्दा दर्ता भएको हो। 

यस्तो थियो घटना
एफआईआरका अनुसार उजुरीकर्ता एक अभिनेत्री हुन् र जिन्दलसँग अक्टोबर २०२१ मा दुबईमा उनको भेट भएको थियो, जहाँ उनीहरू दुवैले वीआईपी बक्समा आईपीएल खेल हेरे।

महिलाले उजुरी भनेकी छन्, ‘मेरो दाइ दुबईमा रियल स्टेट कन्सल्टेन्ट हुन् र जिन्दलले सम्पत्ति किन्न चासो देखाएपछि हामीले एकअर्काको फोन नम्बर साटासाट गर्‍यौँ।’

महिलाको दाबीअनुसार यसपछि उनीहरूबीच २०२१ डिसेम्बरमा मुम्बईमा र सोही महिनामा पूर्व सांसद प्रफुल्ल पटेलको छोराको विवाहमा जयपुरमा भेट भयो। 

महिलाले दाबी गरेकी छन्, ‘जयपुरमा भएको भेटमा उनको व्यवहार मिलनसार देखियो र हामीबीच कुराकानी सुरु भयो। उनले मलाई बेबी भनेर सम्बोधन गर्न थाल्यो र मलाई होटलको कोठामा भेट्न कर गर्‍यो।’

महिलाले उजुरीमा भनेकी छन्, ‘कुराकानीका क्रममा जिन्दलले आफ्नो पारिवारिक जीवनका समस्याहरू बताए। त्यस्ता कुराले मलाई असहज महसुस भयो।’ 

महिलाको आरोपअनुसार जनवरीमा उनी एक बैठकका लागि कम्पनीको मुख्यालय गएकी थिइन्, जहाँ जिन्दलले उनलाई पेन्टहाउसमा लगे र उनको विरोधका बाबजुद उनलाई जबरजस्ती करणी गरे। 

उक्त घटनापछि पनि ती महिलाले जिन्दलसँगको मित्रतालाई निरन्तरता दिइन् तर जिन्दलले उनीसँग कुरा गर्न छाडे भने उनको नम्बर पनि ब्लक गरे। 

प्रहरीमा गएमा नराम्रो परिणामा भोग्नुपर्ने धम्कीसमेत दिएको ती अभिनेत्रीको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .