ग्लोबल


ट्रम्पले बढाए विश्वव्यापी कर: अब १५ प्रतिशत

ट्रम्पले बढाए विश्वव्यापी कर: अब १५ प्रतिशत

नेपालखबर
फागुन १०, २०८२ आइतबार ६:९, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी कर १० प्रतिशतबाट १५ प्रतिशत पुर्‍याइएको घोषणा गरेका छन्।

उनले शनिबार ट्रुथ सोसलको लेख्दै विश्वव्यापी भन्सार महसुल १५ प्रतिशतमा बढाइएको जानकारी दिएका हुन्। 

यसअघि ट्रम्पले शुक्रबार राति पत्रकार सम्मेलन गरी विश्वका सबै देशलाई १० प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए।

शुक्रबार नै अमेरिकाको सर्वोच्च अदालतले विश्वभरका देशमा कर लगाउने ट्रम्पको निर्णय खारेज गरेको थियो। सर्वोच्च अदालतले ६-३ बहुमतका आधारमा ट्रम्पलाई आईईईपीए ऐन लागु गर्ने अधिकार नभएको फैसला सुनाएको थियो। यो अधिकार केवल संसद्लाई मात्र भएको बताएको थियो। 

तर यसबाट आक्रोशित हुँदै ट्रम्पले नयाँ कानुन (धारा १२२) प्रयोग गरेर विश्वभरका देशमा १० प्रतिशत कर लगाउने निर्णय गरेका थिए। यो कानुनले अधिकतम १५ प्रतिशतसम्म कर लगाउन अनुमति दिने भएकाले उनले विश्वव्यापी भन्सार बढाएका हुन्। यद्यपि यो कर १५० दिन मात्र लागु गर्न पाइनेछ। यसलाई निरन्तरता दिन भने संसद्‌ले स्वीकृति दिनुपर्छ। 

ट्रम्पले विश्वभरका देशमा नयाँ कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन्। यो १५ प्रतिशत कर यही फेब्रुअरी २४ देखि लागु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad