टाइटानिक दुर्घटनामा मृत्यु भएका एक यात्रुको सुनको पकेट घडी लिलामीमा १.७८ मिलियन पाउन्ड अर्थात् नेपाली रुपैयाँ सवा ३३ करोडमा बिक्री भएको छ।
सन् १९१२ अप्रिल १४ मा साउथह्याम्प्टनबाट न्युयोर्क जाँदै गरेको टाइटानिक जहाज हिमखण्डमा ठोकिँदा १,५०० जनाको मृत्यु भएको थियो। जसमा इसिडोर स्ट्रास र उनकी श्रीमती इडा पनि थिए।
दुर्घटनाको केही दिनपछि एट्लान्टिकबाट स्ट्रासको शव निकालिएको थियो र साथमा १८ क्यारेट सुनको जुल्स जुर्गेनसेन पकेट घडी भेटिएको थियो।
जुन घडी शनिबार विल्टसायरको डेभाइजेसमा रहेको हेनरी एल्ड्रिज एन्ड सन अक्सनियर्समा बेचिएको हो।
स्ट्रास एक अमेरिकी व्यापारी, राजनीतिज्ञ र न्युयोर्कमा मेसीको डिपार्टमेन्ट स्टोरका सह-मालिक थिए।
उनकी पत्नी इडा स्ट्रासको शव भने अहिलेसम्म भेटिएको छैन।
192
Shares

प्रतिक्रिया