चीनको प्राकृतिक स्रोत मन्त्रालयले उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तमा देशको इतिहासमै सबैभन्दा ठूलो कम-ग्रेड सुनखानी भेटिएको घोषणा गरेको छ।
ग्लोबल टाइम्सका अनुसार दादोङ्गु भनिने यो खानी जनवादी गणतन्त्र चीनको स्थापनापछि चीनमा पत्ता लागेको पहिलो अति ठूलो कम-ग्रेड सुन खानी हो।
मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार दादोङ्गु खानीमा २.५८६ अर्ब टन कच्चा सुन रहेको अनुमान गरेको छ, जसमा कुल सुन १,४४४.४९ टन छ।
यो सुनको भण्डार सतहभन्दा ११५ देखि ९१३ मिटरसम्म गहिराइमा फैलिएको छ, जसको औसत मोटाइ २६३ मिटर र अधिकतम मोटाइ ५१३ मिटर छ।
822
Shares

प्रतिक्रिया