ग्लोबल


उत्तरकाशी हेलिकप्टर दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन: पहाडबाट खस्दै रुखमा अड्कियो

उत्तरकाशी हेलिकप्टर दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन: पहाडबाट खस्दै रुखमा अड्कियो

मे ८ मा उडेको २४ मिनेटपछि हेलिकप्टर दुर्घटना भएको थियो।


नेपालखबर
साउन ४, २०८२ आइतबार १२:२८, काठमाडौँ

गत मे ८ मा भारतीय राज्य उत्तराखण्डको उत्तरकाशी जिल्लामा भएको हेलिकप्टर दुर्घटनाबारे विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) ले प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ। 

एएआईबीले आफ्नो प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा 'रोटर ब्लेड' फाइबर केबलमा ठोकिएर हेलिकप्टर दुर्घटना भएको उल्लेख गरेको छ। 

एएआईबीले आफ्नो प्रतिवेदनमा हेलिकप्टर निर्धारित उचाइभन्दा तल ओर्लनुअघि २० मिनेटसम्म उडेको बताएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘पाइलटले उत्तरकाशीको गंगानीनजिकै उत्तरकाशी-गंगोत्री रोड (एनएच ३४) मा अवतरण गराउने प्रयास गरे। यस क्रममा हेलिकप्टरको मुख्य रोटर ब्लेड सडकको समानान्तर राखिएको 'ओभरहेड फाइबर केबल'सँग ठोकियो।’

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘यसले सडकको छेउमा जडान गरिएका केही धातुका ब्यारिकेडलाई पनि क्षति पुर्‍यायो। यद्यपि हेलिकप्टर अवतरण गर्न सकेन र पहाडबाट तल खस्यो। अन्ततः यो लगभग २५० फिट गहिरो खाडलमा रुखमा ठोकिएपछि अड्कियो।’

समाचार एजेन्सी पीटीआईका अनुसार, मे ८ मा 'बेल ४०७' हेलिकप्टर उडेको २४ मिनेटपछि दुर्घटना भएको थियो। जसमा पाइलट र पाँच यात्रुको मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad