राजनीति


निवासमै पुगेर प्रचण्डले भेटे वैद्य

निवासमै पुगेर प्रचण्डले भेटे वैद्य

नेपालखबर
साउन ४, २०८२ आइतबार १२:१८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विरामी रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यसँग भेट गरेका छन्। 

भेटबारे जानकारी गराउँदै प्रचण्डले निवासमा गएर भेटेको र स्वास्थ्य अवस्थामा सुधार हुँदै देख्दा खुसी लागेको उल्लेख गरेका छन्।

‘आज कमरेड मोहन बैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ,’ फेसबुकमा उनले लेखेका छन्, ‘स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो। उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु।’

प्रचण्डको साथमा उपाधयक्ष अग्नि सापकोटा र उपमहासचिव मात्रिका यादव पनि पुगेका थिए।

दमले पहिलेदेखि नै पीडित रहेका वैद्यलाई निमोनिया भएपछि उनी जेठ महिनामा २ हप्ताभन्दा बढी समय त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। 

अघिल्लो वर्ष पनि निमोनिया भएपछि उनको लामो समय टिचिङ अस्पतालमै उपचार गरिएको थियो। एक महिना उपचार गरेर घर फर्किएको भए पनि पनि उनलाई बेलाबेला अक्सिजनको सहारा आवश्यक हुन्थ्यो।

७९ वर्षीय वैद्यलाई दम भएको लामो समय भइसकेको छ। २०७८ मा उनले नर्भिक अस्पतालमा ३ दिन बसेर उपचार गराएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad