ग्लोबल


भारतमा दुई विमान आपत्‌कालीन अवतरण

भारतमा दुई विमान आपत्‌कालीन अवतरण

फाइल तस्बिर


नेपालखबर
असार ५, २०८२ बिहिबार १२:४८, काठमाडौँ

भारतमा आज (बिहीबार) बिहान दुई हवाईजहाज आपत्‌कालीन अवतरण गरिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार राजधानी दिल्लीबाट भारतकै लेहका लागि उडेको इन्डिगोको उडान ६ई २००६ बिहीबार बिहान दिल्ली नै फर्काइएको हो। 

चालक दलका सदस्यसहित १८० जना सवार इन्डिगो विमानमा प्राविधिक गडबडी देखिएपछि दिल्ली नै फर्काएर आपत्‌कालीन अवतरण गराइएको हो। 

यस्तै स्पाइसजेटको विमान एसजी २६९६ पनि उडेको १० मिनेटमै फर्काइएको छ। हैदराबादबाट तिरुपतिका लागि उक्त विमान उडेको थियो। 

तर पाइलटले विमानको पछाडिको ढोकामा केही समस्या भएको संकेत पाएपछि पुन: हैदराबाद नै फर्काएर अवतरण गरिएको हो। विमानमा जम्मा ८० जना थिए।

यसअघि बुधबार एयर इन्डियाका ३ उडानहरू रद्द गरिएका थिए। यसमा दिल्ली-बाली, टोरन्टो-दिल्ली र दुबई-दिल्ली उडान थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad