ग्लोबल


भारतले देशका ९ विमानस्थलमा काम गर्ने टर्की कम्पनीविरुद्ध गर्‍यो कारबाही

भारतले देशका ९ विमानस्थलमा काम गर्ने टर्की कम्पनीविरुद्ध गर्‍यो कारबाही

नेपालखबर
जेठ २, २०८२ शुक्रबार ६:५१, काठमाडौँ

भारतको नागरिक उड्डयन ब्युरोले टर्की कम्पनी सेलेबीको सुरक्षा क्लियरेन्स तत्काल लागु हुने गरी रद्द गरेको छ।

टर्कीको कम्पनी सेलेबी एभिएसनले भारतका धेरै विमानस्थलहरूमा सुरक्षा सम्बन्धी काम गरिरहेको थियो।

भारतीय नागरिक उड्डयनले सेलेबी विरुद्ध गरिएको यो कारबाहीबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।

नागरिक उड्डयन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बीसीएएसका महानिर्देशकलाई प्राप्त अधिकार प्रयोग गर्दै राष्ट्रिय सुरक्षाको हितमा सेलेबी एयरपोर्ट सर्भिसेज इन्डिया प्राइभेट लिमिटेडको सम्बन्धमा सुरक्षा क्लियरेन्स तत्काल प्रभावले रद्द गरिएको छ।’

अप्रिलमा २२ पहलगाममा भएको आतंकवादी हमलापछि भारतले धेरै पाकिस्तानमा आक्रमण गर्दा टर्कीले खुलेआम आलोचना गर्दै पाकिस्तानको समर्थन गरेको थियो।

समाचार एजेन्सी पीटीआईका अनुसार सेलेबी एयरपोर्ट सर्भिसेज इन्डियाले मुम्बई, दिल्ली, कोच्चि, कन्नूर, बेंगलुरु, हैदराबाद, गोवा, अहमदाबाद र चेन्नई गरी नौ विमानस्थलहरूमा सेवा गरिरहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad