ग्लोबल


अमेरिका र चीनबीच व्यापार सम्झौता

अमेरिका र चीनबीच व्यापार सम्झौता

फाइल तस्बिर: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङ


नेपालखबर
बैशाख २९, २०८२ सोमबार ६:२८, काठमाडौँ

अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ। ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको घोषणा गरेको हो।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने, 'मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ- अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका छन्। यस सम्झौताबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी दिइएको छ। यसको विवरण सोमबार जारी गरिनेछ।'

'पछिल्ला दुई दिन धेरै रचनात्मक भएका छन्। हामी धेरै चाँडै सहमतिको बिन्दुमा पुग्न सफल भयौँ, जसले हाम्रा मतभेद धेरैले सोचेजस्तो ठूला छैनन् भन्ने देखाउँछ', अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिरले भने।

उनले भने, 'अमेरिका हाल १२०० अर्ब डलरको व्यापार घाटामा छ। यही कारणले गर्दा अमेरिकाका राष्ट्रपतिले शुल्क लगाउने घोषणा गरेका थिए।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad