ग्लोबल


भारत-पाकिस्तान द्वन्द्व: इन्डिगो एयरलाइन्सद्वारा १० सहरमा उडान रद्द

भारत-पाकिस्तान द्वन्द्व: इन्डिगो एयरलाइन्सद्वारा १० सहरमा उडान रद्द

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार १७:१५, काठमाडौँ

भारत-पाकिस्तान टकराबबीच इन्डिगो एयरलाइन्सले १० सहरमा उडान रद्द गरेको छ।

इन्डिगोले सामाजिक सञ्जाल एक्समा लेखेको छ- तपाईंको सुरक्षा सर्वोपरि छ।

विमानस्थलमा सुरक्षा व्यवस्था बढाइएका कारण यात्रुहरूले सुरक्षा जाँच र अन्य औपचारिकताका लागि सामान्यभन्दा बढी समय लिनुपर्ने हुन सक्ने एयरलाइन्सले जनाएको छ।

इन्डिगोका अनुसार हालको मे १० तारिख २३:५९ बजेसम्म १० सहरमा उडानहरू रद्द गरिएको छ।

इन्डिगोले उडान रद्द गरेका विमानस्थलहरूमा श्रीनगर, जम्मु, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला, बीकानेर, जोधपुर, किशनगढ र राजकोट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad