नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताएका छन्।
शुक्रबार संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले गभर्नर नियुक्तिका लागि छलफलले केही समय लिएको तर दलहरुबीच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको दाबी गरे।
‘यसमा सरकार नियमति प्रक्रियाबाट छलफलको प्रक्रियामा छ,’ बर्तौलाले भने, ‘ कहिले कहीँ कुनै जिम्मेबारी केही दिन अगाडि पनि नियुक्तिको प्रक्रिया टुङ्गिएर कार्यकाल सकिने, कोही व्यक्ति कार्यकाल सकिने बित्तिकै काम प्रक्रिया आरम्भ हुने अवस्था पनि बन्छ। कसैका लागि केही छलफलका प्रक्रियाले थप समय पनि लिनसक्छ। तर तपाईहरुलाई यति कुरा म भन्न चाहन्छु कि सरकारले छिटोभन्दा छिटो गभर्नर नियुक्तिको प्रक्रिया निष्कर्षमा पुर्याउँछ। सरकारको बीचमा दलहरुको बीचमा गभर्नर नियुक्तिको बीचमा कुनै अन्तरविरोध असमझदारी त्यो भएको अवस्था छैन।’
‘मुलुकलाई द्वन्द्वतर्फ लैजान कहीँ कतैबाट खेती गर्न सकिन्छ कि भन्ने प्रायोजित र षड्यन्त्रको विषय मात्रै हो,’ बर्तौैलाले भने, ‘कदापी पनि नेपाली समाज कुनै वंशमा जन्मिएका कोही व्यक्तिलाई देशको सर्वोच्च आशनमा स्वीकार गरेर त्यस हिसाबले मुलुक हुकुम प्रमाङ्गीबाट चल्ने बन्दैन। त्यो उहाँहरुले यो मुलुकको सरल ढंगबाट अघि बढिरहेको राजनीतिलाई स्थायीतर्फ विकास र समृद्धितर्फ त्यो पथमा अगाडि बढिरहेको देशलाई कहीँ कतैबाट डिस्टर्ब गर्न सकिन्छ कि भन्ने केही प्रतिक्रियावदी शक्ति पनि छन्। विद्यमान संविधान र व्यवस्थाको विरोधमा हुने सबै खालको गतिविधिहरुको प्रतिवाद र विरोध गछौँ।’
Shares

प्रतिक्रिया