ग्लोबल


हैजाका कारण नाइजेरियामा ५० जनाको मृत्यु

हैजाका कारण नाइजेरियामा ५० जनाको मृत्यु

नेपालखबर
चैत २५, २०७७ बुधबार ०:८,

हैजाका कारण नाइजेरियामा यसवर्ष कम्तिमा ५० जनाको मृत्यु भएको छ।

त्यहाँका स्वास्थ्य अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार देशका आठ प्रदेशमा फैलिएको हैजाका कारण ए वर्षमा ५० जनाको मृत्यु भएको हो।

हैजा तथा झाडापखाला जस्तो लक्षण भएका रोगहरूबाट उनीहरूको मृत्यु भएको त्यहाँको रोग नियन्त्रण केन्द्रले जनाएको छ।

यही मार्च २८ सम्मको विवरणअनुसार हैजाबाट एक हजार ७४६ जना बिरामी भएका केन्द्रका प्रमुख चिक्वे आइहेक्वेजुले जनाएका छन्।

अबुजामा आयोजित पत्रकार सम्मेलनमा उनले हैजाको महामारी डरलाग्दो र चिन्ताजनक भएकाले सबैले उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिए।

नाइजेरियाको नासारावा, सोकोटो, कोगी, बायेल्सा, गोम्बे, जाम्फारा, डेल्टा र बेन्युमा हैजाको महामारी फैलिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad