ad ad

ग्लोबल


अमेरिकामा महिला यात्रुद्वारा नेपाली उबर चालकमाथि दुर्व्यवहार (भिडियो)

अमेरिकामा महिला यात्रुद्वारा नेपाली उबर चालकमाथि दुर्व्यवहार (भिडियो)

नेपालखबर
फागुन २६, २०७७ बुधबार १२:२९,

अमेरिकाको सन फ्रान्सिस्कोमा एक नेपाली उबर चालकमाथि तीन महिला यात्रुहरुले दुर्व्यवहार गरेका छन।

गत आइतबार ३२ वर्षीय शुभाकर खड्कामाथि मास्क लगाएर यात्रा गर्नुस भन्ने अनुरोध गर्दा ती महिलाले दुर्व्यवहार गरेका हुन।

शुभाकरले माक्स नलगाएकाले आफूले सेवा नदिने बताएपछि ती महिलाले उनीमाथि दुव्र्यवहार गरेका थिए। उनीहरुले शुभाकरमाथि खोक्नुका साथै अपशब्दहरु बोलेको र गाडीबाट निस्कने बेला खुर्सानीको धुलोवाला स्प्रे छर्केको शुभाकरले बताएका छन।

कारमा रहेको क्यामराबाट खिचिएको दृश्यमा एक महिला यात्रुले उनीमाथि खोकेको, उनको मोबाइल खोस्न खोजेको, मास्क चुँडालिदिएको भिडियो विभिन्न समाचारमाध्यममार्फत सार्वजनिक भएको छ।

शुभाकरका अनुसार मास्क लगाउँन अनुरोध गर्दा एक महिला यात्रु अपशब्द बोल्दै उनीमाथि झम्टन आएकी थिइन। लगत्तै ती महिला उनीमाथि खोक्न थालिन।

दक्षिण एसियाली मुलको भएको थाहा पाएकाले ती महिलायात्रुले आफूमाथि दुव्र्यवहार गरेको शुभाकरको भनाई छ।

‘मैले कुनैपनि बेला ती महिलालाई नराम्रो शब्द बोलेको छैन। म चर्को आवाजमा पनि बोलिन र उनीमाथि बल पनि प्रयोग गरिन्,’ शुभाकरले अमेरिकी सञ्चारमाध्यमहरुलाई भनेका छन, ‘अरु मानिसहरुमाथि त्यस किसिमको व्यवहार गर्ने जनावर नै हुन्।’

कारमा रहेका तीन महिलामध्ये एकले माक्स नलगाएको देखेपछि शुभाकरले ती महिलालाई माक्स लगाउँन अनुरोध गरेका थिए। उनले नजिकै रहेको ग्यास स्टेशनमा ती महिलाले मास्क किन्लिन भनेर गाडी रोके। तर त्यसपछि ती महिला उल्टै उनीमाथि जाई लागेका हुन।

त्यसपछि गाडीबाट उत्रिएका महिलाले उनीमाथि खुर्सानीको धुलो स्प्रे गरेको उनले बताएका छन। खुर्सानीको धुलोका कारण गाडीभित्र श्वास फेर्न अप्ठारो भएपछि आफू बाहिर निस्केको उनले बताए।

‘यात्रु झ्यालबाट गाडीभित्र ती महिलाले खुर्सानीको धुलो छर्किइन,’ उनले भने, ‘गाडीभित्र श्वास फेर्न अप्ठारो भएपछि म तुरुन्त बाहिर निस्केँ।’

शुभाकर आठ वर्षअघि नेपालबाट अमेरिका पुगेका हुन। त्यहाँको कमाईले उनले नेपालमा रहेको आफ्नो परिवारको जोहो गर्ने गर्छन।

‘म अन्य समुदायको भएको भए ममाथि त्यस प्रकारको दुव्र्यवहार हुँदैनथ्यो होला,’ उनी भन्छन्, ‘ती महिलाहरु अमेरिकामा जन्मेर हुर्केका भएपनि उनीहरुले अरुलाई मानवभन्दा तल राखेर हेर्न हुँदैन।’

स्थानीय प्रहरीका अनुसार ती महिलाहरु अझैपनि फ्रहार छन। शुभककरको सहयोगका लागि भने गोफन्डमीमा सहयोग अभियान सुरु भएको छ।
भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .