ad ad

ग्लोबल


कोरोनाका कारण अमेरिकामा थप १ नेपालीको मृत्यु, विदेशमा मृत्यु हुनेको संख्या २४४ पुग्यो

कोरोनाका कारण अमेरिकामा थप १ नेपालीको मृत्यु, विदेशमा मृत्यु हुनेको संख्या २४४ पुग्यो

नेपालखबर
असोज ४, २०७७ आइतबार ७:४०,

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १ जना नेपालीको निधन भएको छ।

यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले जानकारी दिएको छ।

योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक संजिव सापकोटाले बताए।

स्वास्थ्य समितिका अनुसार यो साता यूके, स्पेन र भारत, लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ भने ब्राजिल र युगान्डामा पनि नयाँ संक्रमण देखा परेको छ। समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्।

कोरोना भाइरसका कारण हालसम्म अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १७ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन्। यस्तै नेपालमा मात्र ६२ हजार ७ सय ९७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ४५ हजार २ सय ६७ जना कोरोना मुक्त भएका छन्। यो कुल संक्रमितको ७२ दशमलब ०८ प्रतिशत हो।

हालसम्म नेपालमा ४ सय १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। कोरोना संक्रमणका कारण नेपाल सहित विश्वभर जम्मा ६ सय ४५ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ।

यस्तै विश्वभर १ लाख ८ सय ३१ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७९ हजार ७ सय ८२ जना कोरोना मुक्त भएका छन्।

नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७० दशमलव ५ प्रतिशत रहेको छ ।

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी रहेको एनआरएनएले जनाएको छ।

हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २ सय ८९ जनाको उद्धार गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .