अमेरिकाको टेक्ससमा तालमा डुबेर नेपाली छात्राको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर काठमाडौं घर भएकी २३ वर्षीया अस्मिता खनालको मृत्यु भएको हो।
उनको शव गत आइतबार निकालिएकाे समाचारमा उल्लेख छ। डुंगामा सयर गरिरहेका बेला उनको मृत्यु भएको हो।
टेक्सस नेपालीको बाक्लो बसोबास भएकाे अमेरिकी राज्यमध्ये एक हाे। एजेन्सी
प्रतिक्रिया