ग्लोबल


जनरल सुब्रमणि बने भारतको नयाँ ‘चिफ अफ डिफेन्स स्टाफ’

जनरल सुब्रमणि बने भारतको नयाँ ‘चिफ अफ डिफेन्स स्टाफ’

नेपालखबर
जेठ १७, २०८३ आइतबार २०:५९, काठमाडौँ

भारत सरकारले लेफ्टिनेन्ट जनरल एनएस राजा सुब्रमणि (सेवानिवृत्त) लाई नयाँ चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) पदमा नियुक्ति गरेको छ। उनले आइतबार सीडीएसको पदभार ग्रहण गरेका छन्।

जनरल सुब्रमणि भारतको तेस्रो सीडीएस बनेका हुन्। यसअघिका सीडीएस जनरल अनिल चौहान शनिबार अवकाश भएका थिए। 

समाचार एजेन्सी पीटीआईका अनुसार जनरल सुब्रमणिले राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा सैन्य सल्लाहकारका रूपमा काम गरेका थिए।।

उनी गत वर्ष जुलाई ३१ मा सेनाको उपप्रमुखका रूपमा सेवानिवृत्त भएका थिए।

उनले जुलाई १, २०२४ देखि जुलाई ३१, २०२५ सम्म भारतीय सेनाको उपप्रमुख बनेका थिए।

उनी मार्च २०२३ देखि जुन २०२४ सम्म केन्द्रीय कमान्डको जनरल अफिसर कमान्डिङ-इन-चिफ थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad