फ्रान्समा बैंकका एक पूर्वप्रबन्धकलाई आफ्नी प्रेमिकालाई ७ वर्षसम्म शारीरिक, मानसिक र यौन शोषण गरेको कसुरमा २५ वर्षको जेल सजाय सुनाइएको छ।
प्रेमिकालाई यौन हिंसा र बलात्कार गरेको कसुरमा अदालतले बैंकका पूर्वप्रबन्धक ५१ वर्षीय गुइलाउम बुच्चीलाई २५ वर्ष जेल सजाय हुने फैसला गरेको हो।
४२ वर्षीया पीडित लेटिसिया आरले अदालतमा मुद्दा सुनुवाइका क्रममा बुचीले यौन खेलको आडमा बिस्तारै आफूलाई नियन्त्रणमा लिएको र त्यसपछि वेश्यावृत्ति गर्न बाध्य पारेको बताइन्।
बुचीले आफ्ना साथी, सहकर्मी र अपरिचितसँग सम्बन्ध राख्न बाध्य पारेको पीडितले बताइन्। उनलाई ग्राहकको सूची नै बनाएको लेटिसियाले अदालतमा बयान दिइन्।
उनले भनिन्, ‘मैले ४८७ पुरुषपछि गन्न छाडेँ। तीमध्ये केहीसँग मैले पटकपटक सम्बध गर्नपर्यो।’
चार घण्टाभन्दा बढी बहसपछि अदालतले फैसला गर्दा पीडितको आँखाभरि आँसु पारेकी थिइन् भने बुच्ची भावशून्य भएका थिए।
Shares

प्रतिक्रिया