इरानविरुद्धको अपरेसन एपिक फ्युरीमा अमेरिकाले ठुलो हवाई क्षति बेहोरेको खुलासा भएको छ।
अमेरिकी कंग्रेसनल रिपोर्टअनुसार यस अपरेसनमा अमेरिकाका ४२ सैन्य विमान र ड्रोन नष्ट वा ठुलो मात्रामा क्षतिग्रस्त भएका हुन्।
यसमा छवटा लडाकु र आक्रमण जेट छन्।
नष्ट गरिएका जेटमा एउटा एफ-३५, चार एफ-१५ई स्ट्राइक इगल र एउटा ए-१० थन्डरबोल्ट-२ छन्।
सबैभन्दा ठुलो क्षति ड्रोन भएका छन्।
२४ एमक्यू-९ रिपर र वान एमक्यू-४सी ट्राइटनसहित कुल २५ ड्रोन नष्ट भएका छन्। साथै अन्य ११ विमान नष्ट वा क्षतिग्रस्त भएका छन्।
न्युयोर्क टाइम्सको रिपोर्टअनुसार अमेरिका र इजरायलले इरानमा हमला उसको आणविक र क्षेप्यास्त्र क्षमता कमजोर पार्न मात्र होइन, कु गर्ने योजना पनि थियो।
333
Shares

प्रतिक्रिया