राहत सामग्री बोकेर गाजा जाँदै गरेका डुंगाहरूलाई इजरायली सेनाले सोमबार समुद्रमै राेकेको छ भने सयौँ अभियन्तालाई नियन्त्रणमा लिएको छ।
गाजाका मानिसहरूलाई सहायता पुर्याउन त्यसतर्फ गइरहेका डुंगालाई इजरायलले सशस्त्र नौसेना जहाज र स्पिडबोट पठाएर राकेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायली सैनिकहरूले साइप्रसनजिकैको अन्तर्राष्ट्रिय समुद्रमा डुंगाहरूमा चढे र मानिसहरूलाई हिरासतमा लिए।
भिडिओ
— Reuters (@Reuters) May 18, 2026Organizers of the Gaza aid flotilla said Israeli forces had intercepted 10 of their boats and that contact had been lost with a total 23 vessels in the eastern Mediterranean https://t.co/9tY1kWG9cq pic.twitter.com/a3I8qSqs1c
दुई हप्ताअघि पनि इजरायलले ग्रिसनजिकै राहत सामग्री बोकेका २२ डुंगा रोकेको थियो भने १८१ स्वयंसेवकलाई नियन्त्रणमा लिएको थियो।
गाजामा जारी युद्ध र मानवीय संकटबिच धेरै अन्तर्राष्ट्रिय संस्थाले समुद्री मार्गबाट सहायता पुर्याउने प्रयास गरिरहेका छन्।
Shares

प्रतिक्रिया