अमेरिकी राष्ट्रपति डोनाल्ड बेइजिङ पुग्नुभन्दा केही घण्टाअघि मात्र चीन र अमेरिकाबीच दक्षिण कोरियामा व्यापार वार्ता भएको छ। सोलमा करिब चार घण्टा सो वार्ता भएको जनाइएको छ।
दुई देशबीच गत वर्ष सुरु भएको व्यापार वार्ताको यो सातौँ चरण हो। चिनियाँ वार्ताटोलीको नेतृत्व उपप्रधानमन्त्री हे लिफेङले गरेका छन् भने अमेरिकी टोली अर्थमन्त्री स्कट बेसेन्टले सम्हालेका छन्।
वार्तापछि पत्रकार सम्मेलन नगरी उनीहरू बाहिरिएका छन्। बेसेन्ट इन्चोन विमानस्थलबाट बेइजिङ उडेका छन्। जहाँ ट्रम्प नेतृत्वको टोली शुक्रबारसम्म रहनेछ।
आठ वर्षपछि ट्रम्पको चीन भ्रमण हुन लागेको हो। यो भ्रमण एउटा मुख्य एजेन्डा दुई देशबीच चलिरहेको व्यापार युद्ध हो। एजेन्सी
75
Shares

प्रतिक्रिया