ग्लोबल


ताइवानले भन्यो: हाम्रो आसपास चीनका १२ सैन्य विमान र ५ जहाज देखिए

ताइवानले भन्यो: हाम्रो आसपास चीनका १२ सैन्य विमान र ५ जहाज देखिए

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १४:३१, काठमाडौँ

ताइवानको रक्षा मन्त्रालयले आइतबार चीनका १२ वटा सैन्य विमान, ५ वटा नौसेना जहाज र एउटा सरकारी जहाज आफ्नो देशआसपास देखिएको दाबी गरेको छ। 

यी मध्ये नौवटा विमान ताइवान स्ट्रेटको मध्य रेखा पार गरेर देशको उत्तरी र दक्षिणपश्चिमी वायु रक्षा पहिचान क्षेत्र (एडीआईजेड) मा प्रवेश गरेको दाबी गरिएको छ। 

ताइवानको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा भनेको छ, ‘आइतबार (स्थानीय समअनुसार) बिहान ६ बजेसम्म चिनियाँ सैन्य गतिविधि रेकर्ड गरिएको छ। ताइवानको सेनाले परिस्थितिको निगरानी गर्दै जवाफी कारबाही गरेको छ।’ 

एक दिनअघि शनिबार पनि ८ चिनियाँ सैन्य विमान, ६ नौसेना जहाज र २ सरकारी जहाज आफ्नो देश आसपास देखिएको दाबी ताइवानले गरेको छ। अनि सबै ८ विमान मध्य रेखा पार गरेर ताइवानको मध्य दक्षिणपश्चिमी र पूर्वी एडीआईजेडमा प्रवेश गरे।

चीनले लामो समयदेखि ताइवानलाई आफ्नो क्षेत्र दाबी गरिरहेको छ। चीनले "एक चीन नीति"अन्तर्गत ताइवानको दाबी गरिरहेको हो।

तर ताइवानमा आफ्नै सरकार, सेना र लोकतान्त्रिक व्यवस्था छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad