ग्लोबल


युद्धविरामका बिच लेबननमा इजरायलले गर्‍यो आक्रमण, १४ जनाको मृत्यु, ३७ घाइते

युद्धविरामका बिच लेबननमा इजरायलले गर्‍यो आक्रमण, १४ जनाको मृत्यु, ३७ घाइते

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १०:४४, काठमाडौँ

लेबननको स्वास्थ्य मन्त्रालयले आइतबार इजरायलको आक्रमणमा दुई बालबालिका र दुई महिलासहित १४ जनाको मृत्यु भएको र ३७ जना घाइते भएको जनाएको छ।

गत बिहीबार मात्र दुई देशबिचको युद्धविराम तीन हप्ताका लागि बढाइएको थियो। यहीबिच इजरायलले लेबननमा हमला गरेको हो। 

त्यसो त युद्धविराम सम्झौतामै आफ्नो सुरक्षाका लागि इजरायललाई जुनसुकै बेला आवश्यक उपाय अपनाउन पाउने भनिएको छ।

आइतबार आक्रमण गरिनुभन्दा अघि इजरायल रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबननका धेरै गाउँका बासिन्दालाई तुरुन्तै ठाउँ छाड्न चेतावनी दिएका थिए।

बीबीसीका अनुसार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले भनेका छन्, ‘आईडीएफ सक्रिय छ र शक्तिका साथ काम गरिरहेको छ।’

यस्तै उनले हेजबुल्लाहलाई युद्धविराम उल्लंघन गरेको आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad