इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले इजरायल र अमेरिका लत्रिएर युद्धविरामका लागि बाध्य भएको दाबी गरेको छ।
आईआरजीसीसँग सम्बद्ध समाचार एजेन्सी फार्सले इरानको सैन्य मुख्यालयका एक कमान्डर मेजर जनरल अब्दुल्लाहीको वक्तव्य जारी गरेको छ।
जसमा उनले फारसी भाषामा लेखेका छन्, ‘आईआरजीसीले इजरायल र अमेरिकालाई थकाएको छ र उनीहरूलाई युद्धविरामको माग गर्न बाध्य पारेको छ।’
उनले अगाडि लेखेका छन्, ‘सशस्त्र सेनाले झुटो कुरा गर्ने अमेरिकी राष्ट्रपतिलाई धरातलीय यथार्थविरुद्ध झुटा कथा बनाउन अनुमति दिने छैन, विशेष गरी होर्मुज स्ट्रेटका सवालमा।’
पाकिस्तानमा अमेरिकासँग दोस्रो चरणको शान्ति वार्ता गर्ने तयारी भइरहेको समाचार आएका बेला इरानका तर्फबाट उक्त दाबी आएको हो।
147
Shares

प्रतिक्रिया