ग्लोबल


ट्रम्पको भनाइपछि फेरि बढ्यो तेलको मूल्य

ट्रम्पको भनाइपछि फेरि बढ्यो तेलको मूल्य

नेपालखबर
बैशाख ७, २०८३ सोमबार १२:३३, काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार भनेका थिए, ‘इरानको झण्डा भएको एउटा कार्गो जहाजलाई रोकेर कब्जामा लिइएको छ।’ त्यसपछि सोमबार बिहान बजारमा कच्चा तेलको मूल्य फेरि वृद्धि भएको छ। 

तेलको मूल्य ४.७४ प्रतिशतले बढेर ९४.६६ डलर प्रतिब्यारेल पुगेको छ।

योभन्दा अगाडि इरानले शनिबार हर्मुज स्ट्रेट जहाजका बन्द हुँदैछ र कुनै जहाज त्यहाँ गएमा निसाना बनाइनेछ।

२८ फेब्रुअरीदेखि अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएको थियो। त्यहाँदेखि उर्जा बजारमा भारी उतारचढाव भइरहेछ।

यसैबीच सोमबार प्रतिनिधि पाकिस्तानमा इरानसँग वार्ता गर्न जाँदैछन्। ह्वाइट हाउसका अनुसार उपराष्ट्रपति जेडी भान्सले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad