ग्लोबल


इरानलाई इजरायलको चेतावनी: आक्रमण भयो भने कडा जवाफ पाउनेछौ

इरानलाई इजरायलको चेतावनी: आक्रमण भयो भने कडा जवाफ पाउनेछौ

नेपालखबर
चैत २७, २०८२ शुक्रबार ७:८, काठमाडौँ

इजरायलले लेबननमा आक्रमणका कारण रिसाइरहेको इरानलाई आफूविरुद्ध हमला गरिए कडा जवाफ दिइने चेतावनी दिएको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए।

बीबीसीका अनुसार उनलेे भने, 'यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।'

रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad